बलिउडमा यदि कोही महिला छ जो आफ्नो शरीरसँग सहज छ भने त्यो हुन नायिका विद्या बालन। शरीरसम्बन्धी विषयमा खुलेरै बोल्दै आएकी विद्याले आफ्नो एक अनुभव मिडिया सामु राखेकी छिन्।   आफ्नो तौल बढी भएको समयमा खेपेको आलोचना सम्झदै उनले केही व्यक्तिगत कुरा खुलाएकी छिन्।

bidhya balan 18589307.jpg

विद्याको शरीरलाई लिएर त्यो समय यति ट्रोल गरियो की उनलाई आफ्नो शरीर प्रति नै घृणाको भाव आउन थाल्यो। 

उनी भन्छिन्, ‘आफै माथि शङ्का हुन थालेको थियो। मैलै आफ्नो शरीरसँग लामो लडाइ गरेको छु। शरीरसँग निकै रिस थियो, मन पर्दैन्थ्यो, बदलिन चाहन्थेँ। मलाई लाग्थ्यो, यदि मेरो शरीर बदलिए सबैले मलाई स्वीकार गर्नेछन्।’

कुनै समय विद्या अलिक मोटी थिइन। उनी भन्छिन्, ‘तौल कम गर्दा पनि जिन्दगीका विभिन्न क्षणहरूमा अरुले पुरै तवरले स्वीकार गरेनन्। त्यसैले अरुको नजरबाट आफूमा कुनै बदलाव ल्याउन जरुरी छैन।’

बरु अरुको सानो सोचको लागि आफू जिम्मेवार हुन नसक्ने उनले बताइन।

उनले भनिन, ‘मैले आफ्नो शरीर स्वीकार्न थाले, रेस्पक्ट गर्न थाले, यसको लामो यात्रा रहेको छ। अहिले म खुसी छु, सुन्दर अनुभव गर्छु।’

विद्याले सँधै आफ्नो शरीर र सुन्दरतालाई माया गर्न सुझाव दिन्छिन्। कयौँ महिलाको लागि उनी एक आदर्श समेत बनेकी छिन्।

उनले फिल्म ‘हे वेबी’,‘किस्मत कनेक्शन’मा बढी तौल र पहिरिएको कपडाको कारण आलोचना खेपिन। त्यो समय उनी यतिसम्म निराश भइन कि बलिउड इन्डस्ट्री नै छोड्ने निर्णयमा पुगेकी थिइन।

विद्याले ‘कहानी’, ‘डर्टी पिक्चर’, ‘इश्किया’‘पा’ जस्ता फिल्ममा जवरजस्त अभिनय गरेकी छिन्।