१३ भदौ, एजेन्सी । भारतको जालन्धरको एक भिडियो अहिले भाइरल भएको छ । भिडियोमा एक केटाले महिलालाई आफ्नो फोनबाट भिडियो कल गर्दै थिए ।

उनले भिडियोमा देखिएकी महिलालाई क्यामेरा अगाडि आउन भनिरहेका थिए । महिला बाथरुममा थिइन् । खासमा भिडियोमा देखिएको महिला जलान्धरको एक स्कुलमा पढाउने शिक्षिका थिइन् भने केटा उनको विद्यार्थी ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विद्यालयकी प्रधानाध्यापकले यो भिडियो विद्यालयसँग सम्बन्धित नभएको बताए । उनले शिक्षिकालाई विद्यालयबाट केही महिनाअघि नै निकालिदिएको थियो ।

उसो त छात्रलाई पनि स्कुलले केहीदिन अघि निकालिसकेको थियो । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।