१ पुस, काठमाडौं । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईले पद तथा गेपनियताको सपथ लिएकी छिन् ।

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा भट्टराइलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । सभामुख नभएपछि उपसभामुख तुम्बाहाम्फेले भट्टराईलाई सपथ गराएकी हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेकी भट्टराईले काँग्रेस उम्मेदवार खेमराज पौडेललाई साढे ८ हजार मत अन्तरले हराएकी थिइन् ।

तत्कालीन पर्यटन मन्त्री रहेका प्रतिनिधिसभा सदस्य रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नेकपाले रबिन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो