२८ भदौ, कलैया।

बारा जिल्ला उमजन गाविसमा गएराति विद्युत् करेन्टबाट एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

उमजन गाविस–९ बस्ने श्री चौधरीको ११ वर्षीय छोरा कर्ण चौधरीले आज बिहान करिब ३ बजे विद्युत् स्वीच थिच्दा करेन्ट लागी मृत्यु भएको छ । रासस