४ पुस, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता नलिए तत्काल आन्दोलनको घोषणा गर्ने बताएको छ ।

बैठकमा ओलीको सान, सभामुखको मान कि अपमान !

जनताको ढाँड सेक्ने गरी गरिएको पेटोलिय पदार्थको मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

Biplav Khulla manch

सोमबार माओवादीका महाअसचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेका हुन् । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेको थियो ।

बामदेवको एक डाइलगले भाँडियो सभामुखले बोलाएको छलफल !

तर अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाइएको भन्दै केही दिनमै आन्दोलनमा जाने घोषणा गरेको छ । यसरी अत्याधिक मूल्य बृद्धि गर्नु आयल निगमले गर्दै आएको घोटला, राज्यसञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुर्‍याउनु बाहेक अरु कुनै कारण छैन’, विप्लवले भनेका छन् ।

मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाएको भन्दै माओवादीले आन्दोलन गर्ने बताएको छ ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

पेट्रोलियम पदार्थको मूल्य बृद्धिले यातायात, खाद्यान्न, ढुवानी, जनताले प्राप्त गर्ने सेवासुविधालाई प्रत्यक्ष प्रभाव पार्ने बताउदै राष्ट्र बैंकले जति नै मूल्य बृद्धि घटेको भनिएता उपभोग्य बस्तु र सेवासुविधाको मूल्य नघटेको बताएको छ ।