१० चैत, काठमाडौं । सरकारको प्रतिबन्ध खेपिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विश्वब्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण आफ्ना कार्यक्रम स्थगित गरेको छ ।

Biplab mic
फाइल फोटो

यो भाइरसले नेपाली जनतालाई क्षति नपुर्याएपनि जोखिम कायमै रहेको भन्दै नेकपाले आमनागरिकलाई सचेत रहन आग्रह गरेको छ । यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न नेकपाले अनुरोध गरेको छ ।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरु बन्द गरिएको उल्लेख गरिएको छ ।