८ साउन, काठमाडौं ।

नेपपा माओवादीले गरेको बन्द देशको प्रभाव आंशिक रुपमा देशभर देखिएको छ । बन्दका कारण लामो र छोटो दुरीका सवारी साधन चलेका छैनन् भने उद्योग कलकारखाना, शैक्षिकसस्था बन्द रहेको छन् ।

लिपुलेकको विषयमा भएको भारत चिन विचको सम्झैताको विरोध गर्दै बन्दगराउदै हिडेका ८ जना कार्यकर्ता लाइ बाग्लुङमा प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसैगरि वन्दका कारण मध्यनेपालको चितवन र आसपासको जनजीवन पनि प्रभावित भएको छ ।

लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । रिक्सा र मोटरसाईकलहरु चलिरहेका छन् । त्रैमासिक परीक्षा चलिरहेका विद्यालयहरु पनि वन्दको मारमा परेका छन् । विद्यालयहरुले घोषित विदा नगरेपनि आजहुने परीक्षा आईतवारलाई सारेका छन् ।

पसल तथा कलकारखानाहरु पनि वन्द छन् । माओवादी नेता कार्यकर्ताहरु सडकका विभिन्न स्थानमा प्रदर्शन गर्दै वन्द गराईरहेका छन् । प्रशासनले चोक चोकमा प्रहरी तैनाथ गरेको छ । बन्दको प्रभाव उता रुपन्देहीमा पनि देखिएको छ ।

रुपन्देहीका सडक विहानै देखि सुनसान रहेका छन् ।त्यसै गरि बाकेको स्नेहा होटल नजिकै बन्द कर्ताले भारतीय नम्बर प्लेटको युपि ४०पि ०७६५ गाडीमा आगजनी गरेका छन् ।