२१ माघ, एजेन्सी । दिल्लीबाट मुम्बईका लागि उड्न ठिक्क परेको इण्डिगो एयरको विमानमा बम भएको भन्दै फोन आएपछि केहीबेर तनाव भएको छ ।

फोन आएपछि सबै यात्रीहरुलाई विमानबाट उतारिएको थियो । सुरक्षा जाँचका लागि उनीहरुका सबै सामान पनि झारियो । त्यसपछि सुरक्षाकर्मीको टोलीले पूरै विमानको परीक्षण गर्यो । बम भएको धम्की आउँदा विमानमा १ सय ८० यात्रु सवार थिए ।

परीक्षणका क्रममा सुरक्षाकर्मीले त्यस्तो कुनै खतरा बस्तु फेला पारेन । एयरपोर्टको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अनुमति दिएपछि विमान मुम्बइका लागि उडेको थियो । इण्डिगो एयरले यो विषयलाई लिएर मुद्दा दर्ता गरेको छ ।