२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधन लैजान पाउने व्यवस्था आजबाट कार्यन्वयन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने भएका छन् । साथै, सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा दिइएको छ । त्यसबाहेक अब विशिष्ट व्यक्ति (भीआईपी)हरुले भने वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारी साधन नै चढेर जहाजसम्म पुग्नुपर्ने भएको छ ।