२५ मंसिर, एजेन्सी । बलिउड नायिका अनुष्का शर्मा र उनका पति क्रिकेटर विराट कोहलीले आज दोश्रो बैवाहिक वर्षगाँठ मनाउँदैछन् । यो अवसरमा उनीहरु दुवैले केही रोमान्टिक फोटोहरु सामाजिक सञ्जालमा सेयर गर्दै एकअर्कालाई शुभकामना दिएका छन् ।

अनुष्का शर्माले आफ्नो इंस्टाग्राम एकाउन्टमा बिवाहको मोनोक्रोम फोटो सेयर गर्दै लेखेकी छन्, ‘कुनै अर्को व्यक्तिलाई माया गर्नु भनेकै उसमा भगवानको रुप देख्नु हो, प्रेम अनुभुति भन्दा पनि माथिको कुरा हो, यो एक मागदर्शक, प्रोपेलर, सत्यतर्फ जाने मार्ग हो, मलाई यो मिलिरहेको छ, म एकदमै भाग्यमानी हुँ ।’

त्यसैगरी विराटले पनि ब्ल्याक एण्ड ह्वाइट मोनोक्रोम फोटो सेयर गर्दै लेखेको छन्, ‘संसारमा मायाप्रेमबिना अरु कुनै कुराको अर्थ छैन । र जब भगवानले तपाईंलाई त्यो मानिससँग भेटाउँछ जसले हरेक दिन तपाईंमा नयाँ अनुभुति हुन्छ र त्यो हो आभार ।’

अनुष्का र विराटको विवाहको वर्षगाँठको उपलक्ष्यमा उनका फ्यानहरुले बधाई तथा शुभकामना दिइरहेका छन् । उनीहरुको विवाह ११ डिसेम्बर २०१७ मा इटलीमा भएको थियो । विवाहको पहिलो तस्बिर आउँदा फ्यानहरु अचम्ममा परेका थिए ।