काठमाडौं, १३ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गतेका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

शनिबार भएपनि एसइई परीक्षा परेको र नेपाल बार एशोसियसनको चुनाव परेकाले बन्द फिर्ता लिइएको हाे । नेपाल बार एशोसियसन, राष्ट्रिय मानव अधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा बन्द फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ ।

आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको र नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको थियो । नेपाल बन्दबाहेक अन्य विरोधका कार्यक्रम यथावत रहेको पनि जनाइएको छ ।