एजेन्सी । संसारका सबैभन्दा गरिब व्यक्तिलाई नचिने पनि धनी व्यक्तिलाई नचिन्ने सायद कमै होलान् । त्यसमाथि पनि संसारका सबैभन्दा धनी व्यक्ति विल गेट्सलाई नचिन्ने कमै होलान् ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सका बारेमा यहाँ केही रोचक तथ्य सार्वजनिक भएका छन् । उनीबारे केही रोचक तथ्य थाहा पाएपछि उनी आम व्यक्ति जस्तै सामान्य व्यक्ति लाग्नेछन् ।

१. वास्तवमा विल गेट्सले हरेक राती परिवारसंग खाना खाइसकेपछि भाडा अर्थात प्लेट, कपहरु माझ्छन् । भाडा माझ्नाले तनावमुक्त गराई सिर्जनात्मक बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

२. जब विल गेट्स उच्च माध्यामिकमा पढ्थे उनलाई क्लासको मोनिटर बनाइएको थियो । समय तालिका बनाउन उनलाई कम्प्युटर दिइयो । विलले चलाखीपुर्वक आफ्नो क्लासमा सबभन्दा धेरै केटीहरुको नामावली लेखेर पठाइदिए ।

३. विलले युनिभर्सिटी पढ्दा क्लासको विषय कहिल्यै पढेनन् । उनी जहिले कलेजकै अरु विषय पढ्न अर्कै कक्षामा जान्थे । तर पनि परिक्षामा जहिले ए ग्रेड ल्याउन सफल हुन्थे ।

४. हावर्ड युनिभर्सिटिमा प्रोफेसरले उनले गरेका उपलब्धीहरु एक विशिष्ट शैक्षिक पत्रिकामा प्रकाशित गरे तर उनले केही प्रतिक्रिया जनाएनन् । वास्तवमा उनले माइक्रोसफ्ट कम्पनी खोल्नका लागी कलेज छोडिसकेका थिए ।

५. गेट्स फुर्सदमा प्राय गाडी चलाउथे । एकपटक उनी साथीको सुपर मोडल कार लिएर निस्केका थिए र कारलाई एक्सिडेन्टमा पारेका थिए ।

६. उनी माइक्रोसफ्ट कम्पनीका कर्मचारीका गाडीको नम्बर घोक्ने गर्थे । यसबाट उनले पत्ता लगाए कि कुन चाहि कर्मचारी कतिबजे अफिस आउने जाने गर्दछ ।

७. १९९० सम्ममा माइक्रोसफ्ट एकदम चर्चाको शिखरमा पुगिसकेको थियो । तर कम्पनीको नियमअनुसार उनले आफ्ना कुनैपनि कर्मचारीलाई अफिसको कुनैपनि ट्रिपमा जान रोक लगाएका थिए । यदि गयो भनेपनि अरुसंग नभइ आफ्नै वर्गका व्यक्तिसंग जानुपर्ने नियम बनाएका थिए ।

८. उनको आइडिया अचम्मको छ । जब उनी कुनै प्रपोजल पढ्थे, त्यसमा एफ शव्दको प्रयोग जति गरिएको छ त्यति नै कम पढथे । यसलाई उनले कुनैपनि कामको लागी राम्रो आइडिया मान्थे ।

९. विल गेट्सले विहान ४ बजे व्युझेर नील कोन्जेनसग मिलेर आइ वी एम को लागी डंकी वोस नामक गेम बनाएका थिए । एप्पल कम्पनीले यस गेमलाई एकदम नराम्रो मान्यो र विल गेट्ले नै बनाएको होला भन्ने विश्वाससमेत गरेन।

१०. विल गेट्स कुनैपनि विदेशी भाषा बोल्न जान्दैनन्  ।

११.उनी एकपटक १९९७ मा मेक्सिोमा पक्राउ परेका थिए ।

यो पनि पढ्नुस्

११ सिद्धान्त, जसले बनायो बिल गेट्सलाइ विश्कै धनी व्यक्ति
विश्वको आधा सम्पत्ति यी ८ व्यक्तिको स्वामित्वमा !