२ मंसिर, एजेन्सी । मंसिर लागेसँगै नेपालमा पञ्चेबाजा बज्न थालिसकेको छ । धेरैले विवाह गरिसकेका छन् भने कतिपय विवाहको तयारीमा पनि छन् । विशेषतः मंसिर, माघ, फागुन र बैशाख नेपालमा सबैभन्दा बढी विवाहको लगन हुने महिना हो । हुन त आजकल कात्तिक र चैतमा पनि विवाह गर्न थालिसकेका छन् । आज हामी विवाह खर्च कसरी कम गर्न सकिन्छ भन्नेबारेमा ५ वटा टिप्सहरु दिन गइरहेका छौं ।

१. विवाहको हल कहिले बुक गर्ने ?
जाडोको महिनामा धेरैजसो मानिसहरु बगैँचा भन्दा पनि हलहरुमा विवाह गरिरहेका हुन्छन् । तर विवाहको मिति आउनु एक–दुई दिन अघि हल बुकिङ गर्दा महंगो पर्न सक्छ । त्यसैले विवाह हुनुभन्दा एक महिनाअघि वा अझै अघि हल बुकिङ गर्नुपर्छ ।

२. डिजाइनर लेहंगा र शेरवानी ?
हरेक दुलहा–दुलहीको चाहना आफू विवाहमा सबैभन्दा उत्कृष्ठ देखौँ भन्ने चाहना हुन्छ । त्यसकारण उनीहरुले विवाहको कपडामा भरपुर खर्च गरिरहेका हुन्छन् । शेरवानी विशेषत भारतमा दुलाहाहरुले लगाउने कपडा हो । लेहंगा आजकल नेपालका युवतीहरुले पनि लगाउँछन् । यस्ता डिजाइनर कपडाहरु किन्नुको साटो केही दिनको लागि भाडामा पनि लिन सकिन्छ ।

३. आफ्नै मेकअप किटः
दुलहीले मेकअपको लागि मेकअप आर्टिस्टसँग सम्झौता गर्नु एकदमै राम्रो कुरा हो । मेकअप आर्टिस्टले तपाईकै सामानमा मेकअप गर्दा आधाभन्दा बढी रकम जोगिन्छ । त्यसैले मेकअप गर्दा आफ्नै मेकअप किटको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

४. जाडोको हिसाबले खानेकुरा राख्नुस्ः
जाडो महिनामा हुने विवाहमा जाडोमा नखाए पनि फरक नपर्ने खानाहरु हटाउन सकिन्छ । जस्तै आइसक्रिम, चिसोका आइटमहरु साथै अन्य खानाका आइटमहरु पनि जाडोमा नराख्दा रकम जोगिन्छ ।

५. डिजिटल कार्डः
विवाहमा महंगो निमन्त्रणा कार्ड छपाएर पठाउनुभन्दा डिजिटल कार्ड बनाएर आफ्ना साथी र नातागोतामा पठाउन सकिन्छ । यसैपनि आजकल यसको ट्रेन्ड पनि राम्रै चलिरहेको छ । यदि तपाईंको कार्ड छपाउन चाहानुहुन्छ भने विशेष अतिथिको एक लिस्ट तयार पारेर त्यहि अनुसार थोरै मात्र निमन्त्रणमा कार्ड छपाउन सकिन्छ ।