बिजनेसम्यान राहुल शर्मासंग विवाह गरेपछि ‘गजिनी’की नायिका आसिनले अभिनय करिअर छोड्ने निर्णय गरिन। हालसालै आसिनले सामाजिक सञ्जालमा लेखिन, ‘म एक पटक फेरी भन्दै छु कि कुनै नयाँ असाइनमेन्ट साइन गर्न लागेको छैन। तपाई सबैसंग मेरो अनुरोध छ कि मेरो नयाँ असाइन्मेन्ट र कामलाई लिएर अड्कल नलगाइदिनुस्। अहिले म केही पनि गरिरहेको छैन। यहि कुरा मैले विवाह पहिले पनि बताएको थिएँ।’

Asin (5)

आफ्नो कामलाई लिएर जुझारु आसिनले अभिनय किन छोडिन् त्यसको ठोस कारण त आजसम्म थाहा छैन तर उनी मात्र यस्ती नायिका भने होइनन्। आसिन भन्दा पहिले पनि बलिउडका कयौँ चर्चित नायिकाले विवाह पछि पुरै फिल्मबाट बाईबाई गरिसकेका छन्।

संगीता बिजलानी

Actress who left bollywood after marriage 21356415९० को दशकमा हिन्दी फिल्म इन्डस्ट्रीमा आफ्नो सुन्दरता र अभिनयले पहिचान बनाएकी नायिका संगीता बिजलानीले २० वर्षको उमेरमा सन् १९८० मा मिस इन्डियाको ताज जितेकी थिइन। सन् १९८८ मा फिल्म ‘कातिल’ बाट बलिउडमा डेब्यु गरेकी संगीताले ‘हतियार’, ‘बंटवारा’, ‘त्रिदेव’, ‘जुर्म’, ‘इज्जत’, ‘युगांधर’, ‘योद्धा’ र ‘खून का कर्ज’ जस्ता कयौं फिल्ममा काम गरिन।

सन् १९९६ मा भारतीय क्रिकेट टिमका पूर्व क्याप्टेन मोहम्मद अजहरुद्दीनसंग विवाह गरेपछि उनले फिल्म दुनियाँलाई बाईबाई गरिन। सन् २०१० मा यी दुईको सम्बन्ध विच्छेद भयो। तापनि उनी अझै फिल्मबाट टाढा छिन्। चर्चा छ कि उनी छिट्टै सलमान खानसंग साउथको फिल्मको रिमेकमा देखिनेछिन्।

मिनाक्षी शेषाद्री

Actress who left bollywood after marriage 33510415

मिनाक्षी अभिनय करिअरमा माथी पुगेर ब्याङ्कर हरीश मैसुरसंग विवाह गरि अमेरिका हिडिन। ज्याकि श्रोफ, ऋषि कपुर र सन देओल जस्ता चलेका स्टारसंग काम गरेकी मिनाक्षीले ‘मेरी जंग’, ‘घर हो तो ऐसा’, ‘घायल’, ‘दामिनी’, र ‘घातक, जस्ता कयौँ हिट फिल्म दिएकी छिन्।

उनी अहिले टेक्सासमा नृत्य कक्षा सञ्चालन गर्छिन्।

किमी काटकर

Actress who left bollywood after marriage 4180015
‘जुम्मा चुम्मा’ गितबाट चर्चित बनेकी नायिका किमी काटकर बलिउडकी बोल्ड नायिका रहिन। सन् १९८५ मा बनेको ‘टार्जन’ किमीको पहिलो फिल्म थियो। यो भन्दा अघि फिल्म ‘पत्थर दिल’मा सहायक भुमिकामा देखिएकी थिइन। उनले ‘वर्दी’, ‘मर्द की जुबान’, ‘मेरा लहु’, ‘दरिया दिल’ र ‘गैर कानुन’ जस्ता कयौँ फिल्ममा काम गरिन।

फोटोग्राफर शांतनु शौरीसंग विवाह गरेपछि उनले फिल्मी करिअरलाई बाईबाई भनिन। उनको एक छोरा छन्, सिद्धार्थ। किमी अहिले अष्ट्रेलियामा बस्छिन्।

नम्रता शिरोडकर

Actress who left bollywood after marriage 54142415

पूर्व मिस इन्डिया नम्रताले वास्तव, पुकार र ब्राइड एण्ड प्रिज्युडिस जस्ता फिल्ममा काम गरेकी छिन्। तेलेगु फिल्मका सुपरस्टार महेश बाबुसंग विवाह गरेपछि उनले अभिनय करिअर छोडिन। उनी आफ्ना दुई बच्चा गौतम र सितारासंग व्यस्त छिन्।

ट्विंकल खन्ना

Actress who left bollywood after marriage 6443015
सन् १९९५ मा रिलिज भएको ‘बरसात’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी ट्विंकलले ‘जान’, ‘जब प्यार किसी से होता है’, ‘मेला’, ‘जोरु का गुलाम’ र ‘जोडी नम्बर १’ जस्ता कयौँ फिल्म खेलिन। सन् २००१ मा रिलिज भएको ‘लब के लिए कुछ भी करेगा’ उनको अन्तिम फिल्म थियो।

अक्षय कुमारसंग विवाह गरेपछि उनले अभिनय छोडिन। उनी इन्टेरियर डेकोरेटर हुन र ब्लग पनि लेख्ने गर्छिन्। उनले आफ्नो पुस्तक पनि प्रकाशित गरिसकेकी छिन्।

गायत्री जोशी

Actress who left bollywood after marriage 74776615
कयौँ टिभी विज्ञापन पश्चात शाहरुख खानसंग ‘स्वदेश’ फिल्ममा देखिएकी गायत्रीको लागि यो फिल्म पहिलो अनि अन्तिम बन्यो। फिल्मबाट निकै चर्चा पनि कमाइन। यसपछि बिजनेसम्यान विकास ओब्रोएसंग विवाह गरिन अनि अभिनय करिअर छोडिन। उनको दुई बच्चा छन्।

अमृता अरोराActress who left bollywood after marriage 85192715सन् २००२ मा फिल्म ‘कितने दुर कितने पास’ बाट करिअर सुरु गरेकी अमृताले कमबख्त इश्क, गर्लफ्रेन्ड र फाइट क्लब जस्ता फिल्ममा काम गरिन। तर सन् २००९ मा शकील लडकसंग विवाह गरेपछि फिल्मी करिअरलाई सदाको लागि बाईबाई गरिन। अहिले उनी आफ्ना दुइ बच्चाको पालनपोषणमा व्यस्त छिन्।

यो पनि पढ्नुस्।

गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका

जवानी मै संसार छाडेका ६ सुन्दर बलिउड नायिका

सामान चोर्ने बानी भएका ५ हलिउड नायिका

फिल्मको लागि घर छोडेका अनि नाता तोडेका ५ बलिउड नायिका

सन् २०१५ का सर्वाधिक सफल बलिउडका १० नायिका