बलिउडकी देशी गर्ल प्रियंका चोपडा विवाह पश्चात पनि आफ्नो सिक्का जमाउँदै छिन्। विवाह पश्चात उन आफ्नो दोस्रो बलिउड फिल्मको लागि तयारी गर्दैछिन्। विवाह पश्चात उनले ‘इजन्ट इट रोमान्टिक?’ नामक हलिउड फिल्ममा अभिनय गरेकी थिइन।

उनले विवाह पूर्व सलमान खानको फिल्म ‘भारत’को लागि सुट गरेकी थिइन। तर विवाह बिचमा आइदियो। उनले फिल्म छोड्नुपर्यो। उनको ठाउँमा क्याट्रिना कैफले अवसर पाइन। यो फिल्मको सुटिङ सकिएको छ र इदको मौकामा रिलिज हुने तय भएको छ।

अनि विवाह पश्चात ‘द स्काइ इज पिङ्क’ नामक बलिउड फिल्ममा उनले काम गरिन। विवाह पश्चात उनको पहिलो फिल्म। यो फिल्ममा उनी लगायत सिद्धार्थ रोय कपुरको अभिनय छ। आयसा चौधरी जो मोटिभेसनल स्पीकर हुन, यो उनको जीवनसंग सम्बन्धित बायोग्राफी ड्रामा फिल्म हो। फिल्मको सुटिङ सकिएको छ र फिल्म यहि वर्षको अक्टोबर ११ मा रिलिज हुने छ।

लगतै उनी अर्को बलिउड फिल्मको तयारीमा रहेको चर्चा चलेको छ। करण जोहरको कफि वीथ करण शोमा प्रियंकाले अर्को फिल्मको तयारी गरेको खुलाएकी हुन। करणले संजय लीला भन्साली र विशाल भारद्वाजसंग काम गर्न मन छ भन्ने प्रश्नमा प्रियंकाले ‘दुवैजनासंग अहिले कुरा भइरहेको’ बताएकी छिन्। चाडै नै यसबारेमा थप जानकारीहरु बाहिर आउला।

प्रियंकाले सन् २०१८ मा अमेरिकन गायक निक जोनससंग विवाह गरेकी थिइन्। विवाह पश्चात उनी अमेरिकामै बस्दै आएकी छिन्।