१६ मंसिर, काठमाडौं ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयको प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चाले आपत्ति जनाउदै विरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सामाजिक सञ्जाल फेसबुकबाट विशेष कारणबस पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिएका हुन् ।

मधेसी मोर्चालाई प्रचण्डले आकास्मिक रुपमा बोलाए वालुवाटार

विधेयक दर्तापछि बसेको चार दलको बैठक र मधेसी मोर्चासँग वार्ता गरेपनि महत्वपूर्ण घोषणा सहित पत्रकार सम्मेलन गर्न लागेको सचिवालयले जानकारी दिएको थियो ।

prachanda

सरकारले ल्याएको सात बुँदे संविधान संशोधन विधेयकको चौथर्फी विरोध भएपछि सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी गरिएको थियो ।

ओलीले भन्नु पर्छ हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो- मन्त्री नायक

प्रचण्डले संविधान संशोधन विधेयक दुई तिहाई बहुमतबाट पारित हुने दावी गर्दै आएका छन् ।

मधेशी मोर्चाका नेताहरुसँगको बैठकपछि प्रचण्डको पत्रकार सम्मेलन स्थगित भएपछि वार्ता सकारात्मक हुन नसकेको अनुमान गरिएको छ ।

रामकुमारी झाँक्रीले मुख छाडेपछि प्रचण्ड पुत्रको पाठ

बैठकमा मधेशी मोर्चाका नेताहरुले मधेशका थप मागहरु सम्बोधन हुने गरी संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गरकेा थिए ।