काठमाडौं, २९ जेठ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तान सामू ३ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टाउनटोनमा टस हारेर पहिला ब्याटिङ गरेको साविक विजेता अष्ट्रेलिया एक ओभर बाँकी छँदै ३ सय ७ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले सर्वाधिक १ सय ७ रनको योगदान गरे । १ सय ११ बल खेलेका वार्नरले ११ चौका र १ छक्का हिर्काए ।

कप्तान आरोन फिन्चले ८२, सन मार्सले २३ रन जोडे । पाकिस्तानका मोहम्मद आमीर एक्लैले ५ विकेट लिए । पाकिस्तानले जवाफी ब्याटिङ सुरु गरेको छ । दुवै टोली आज जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्ने दाउमा छन् । अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ ।