काठमाडौं, २० जेठ । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले इङ्ल्याण्डसामू जितका लागि ३ सय ४९ रनको सानदार लक्ष्य प्रस्तुत गरेको छ ।

नटिङहममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ स्य ४८ रन बनाएको हो । उसका लागि मोहम्मद हाफिजले सर्वाधिक ८४ रन बनाए । बाबर अजामले ६३, सरफराज अहमदले५५, इमाम उल हकले ४४ रन बनाउँदा सोयब मलिक ८ रनमा आउट भए । हसन अली र शदब खान समान १० रनमा अविजित रहे ।

अब घरेलु टोली इङ्ल्याण्डले जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा पाकिस्तान वेष्टइण्जिसँग पराजित भएको थियो भने इङ्ल्याण्डले दक्षिण अप्रिलकालाई हराएको थियो । यो विश्वकपमा इङ्ल्याण्डविरुद्ध यो सबैभन्दा हाइस्कोर हो ।