एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको चुनौति दिएको छ । कार्डिफ मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको हो ।

उसका लागि शिखर धवनले १ सय १७ रनको सानदार पारी खेले । १ सय ९ बल सामना गरेका धवनले १६ चौका हिर्काए । धवनको एकदिवसीय खेलमा यो १७ औं शतक हो । विश्वकपमा भने उनको यो तेस्रो शतक हो । उनको शतकसँगै भारत प्रतियोगितामा सबैभन्दा धेरै २७ शतक बनाउने टिम बनेको छ ।

कप्तान बिराट कोहलीले ८२ रनको योगदान गरे । रोहित शर्माले ७० बलमा ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाउँदा ३ बल खेलेका के एल राहुल ११ रनमा नटआउट रहे । अष्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।