नटिङ्घम, २० जेठ । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तान भिडिरहेका छन् ।

इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले फिल्डिङ् रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८५ रन बनाएको छ । फखार जामन ३६ रन बनाएर आउट भए ।

इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । आजको खेलमा घरेलु टोली इङ्ल्यान्ड आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा रहँदा पाकिस्तान भने पहिलो जितको खोजीमा छ ।