काठमाडौं, ३ बैशाख । आइसीसी विश्वकप क्रिकेटका लागि बंगलादेशले टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले मशरफे मुर्तजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

शाकिब अल हसनलाई उपकप्तानको जिम्मेबारी दिइएको छ । त्यसैगरी टिममा तमिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकुर रहीम, महमुदुल्लाह रियाद, मोहम्मद मिथुन, शब्बीर रहमान, मसद्दक हुसैन, मोहम्मद सैफुद्दीन, मेहदी हसन, रुबेल हुसैन, मुस्ताफिजुर रहमान र अबु जायेद रहेका छन् ।

आगामी मे ३० देखि इङ्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटमा २ जुनमा बंगलादेशले पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । त्यसअघि २६ र २८ मे मा क्रमशः पाकिस्तान र भारतसँग अभ्यास म्याच पनि खेल्नेछ ।