काठमाडौं,५ बैशाख । आइसीसी विश्वकप क्रिकेटका लागि श्रीलंकाले पनि खेलाडीको टोली घोषणा गरेको छ । श्रीलंका त्रिकेटले दिमुथ करुणारत्नेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
लासिथ मालिङ्गालाई कप्तानबाट हटाइएको छ ।

करुणारत्नेले सन् २०१५को विश्वकप यता एकदिवसीय क्रिकेट खेलेका छैनन् । टिममा एन्गेलो म्याथुज, लासिथ मालिङ्गा, कुशल परेर, लाहिरु थिरिमाने, अभिषेका फर्नान्डो, कुशल मेन्डिज, धनन्जय डि सिल्भा, जेफ्रे भाण्डेरशे, थिसरा परेरा रहेका छन् ।

इसुरु उडाना, सुरङ्गा लकमल, नुवान प्रदीप, जीवन मेण्डिस र मिलिन्दा सिरिवद्र्धने रहेका छन् ।
विश्वकप क्रिकेट आगामी मे ३० देखि जुलाइ १४ सम्म इङ्ल्याण्ड र वेल्समा हुनेछ ।