२४ भदौ, काठमाडौं । विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको एशियाली छनौटमा नेपालले चाइनिज ताईपेइलाई पराजित गरेको छ ।

अञ्जन विष्टले २ गोल गरेपछि नेपालले ताइपेईलाई उसकै मैदानमा २–० ले हरायो । अञ्जनले खेलको तेस्रो र ६३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै स्पष्ट तीन अंक जोडेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

नेपालले कुवेतसँग भने ७ –० को फराकिलो हार व्यहोरेको थियो ।