कल्पना र प्रविधिको सहि उपयोग गरेर संसारमा मानिसहरुले अनौठा पुल देखि आलिसान भवनसम्म कयौं रोचक वस्तु बनाएका छन्। अग्ला बिल्डिङ, ठुला जहाज, पानीमुनी भवन बनाउनु इन्जिनियरिङमा सजिलो काममा पर्न थालिसकेको छ। त्यस्ता अग्ला भवन विश्वका कुनै पनि कुनामा देख्न सकिन्छ।

इन्जिनियरिङ केवल भवन बनाउनमा सिमित छैन। यो त हाम्रो आवश्यकता र बाध्यता छ कि नेपालमा मुस्किलले भवन बाहेक अन्य केही इन्जिनियरिङको कमाल भन्न सकिने वस्तु बनेका छ। तर विश्व हामीले सोचेको, देखेको र भोगेको झै छैन। प्रविधिमा निकै अगाडी बढेका छन्, यसको अर्थ यो हो की हाम्रा लागि अनौठा भनिने कार्यहरु विश्वका विकसित मुलुकको लागि नौलो कुरा हुदैन। तर यी १० इन्जिनियरिङ कार्य भने विश्वकै लागि नमुना बनेका छन्…

युएसएस जर्ज एच डब्ल्यु बुश (सीवीएन-७७), अमेरिका

uss george bush cvn 77युएसइस जर्ज एच डब्ल्युको निर्माण सन् २००१ मा सुरु भएर सन् २००९ मा सकिएो थियो। यसको निर्माणमा ६०० करोड नेपाली रुपैया बराबरको खर्च लागेको थियो। १०९२ फिट चौडाइ र १०००,००० टन तौल बोक्न सक्ने यो युद्धपोत संसारको सबैभन्दा ठुलो युद्धपोत मध्येको एक हो। बाँकी युद्धपोतहरु भन्दा प्राविधिक हिसाबले यो निकै अगाडी छ। यसमा दुई परमाणु रिएक्टर संञ्चालित छ। जसले २० वर्षसम्म अन्य इन्धन नभएपनि यो जहाज प्रयोगमा ल्याउन सकिन्छ।

आकाशी कुरोको ब्रिज, जापान

akashi kuroko bridge japanआधुनिक सिभिल इन्जिनियरिङको दमदार नमुना हो जापानको आकाशी कुरोको ब्रिज। यसलाई ‘पर्ल ब्रिज’ को नामले पनि चिनिन्छ। यसको लम्बाइ १९९१ मिटर छ। सन् १९९८ मा यसको निर्माण कार्य पुरा भएको थियो। यो पुलले कोबे शहर र आवाजी आइल्याण्डलाई जोड्छ।

मिलाउ वियादत्त, फ्रान्स

millau biyadatt franceमिलाउ वियादत्त तारले टिकाएको सडक पुल हो। यो फ्रान्सको दक्षिणी क्षेत्र मिलाउ नजिकैको टार्न नदिमा बनेको पुल हो। यस्तो खालको संरचना भएको पुलमध्ये यो पुल संसारको सबैभन्दा अग्लो पुल हो। यसको उचाई १,१२५ फिट छ। यसको निर्माण सन् २००४ डिसेम्बर १४ मा पुरा भएको थियो।

उत्तरी युरोपियन ग्यास पाइपलाईन, रुस

northern european gas pipelineउत्तरी युरोपियन ग्यास पाइपलाइन बाल्टिक समुन्द्रको किनाराबाट सुरु भएको ग्यास पाइपलाइन हो। यो पाइपलाइन रुसको वायबोर्ग बाट जर्मनीको ग्रीफ्सवाल्डसम्म छ। यो विश्वको सबैभन्दा लामो उप‍-समुन्द्रीय पाइपलाइन हो। यो प्रोजेक्टमा दुइवटा समानान्तर लाइन छ। जसमा पहिलो पाइपलाइन सन् २००१ मा बिछ्याइएको थियो अनि नोभेम्बर २०११ बाट सञ्चालनमा ल्याइएको थियो। दोस्रो पाइपलाइन सन् २०११-२०१२ को बीच बिछ्याइएको थियो र २०१२ को अक्टुबरबाट सञ्चालनमा ल्याइयो। यो पाइपलाइन १,२२२ किलोमिटर लामो छ।

बेइजीङ नेशनल स्टेडियम, बेइजीङ

Beijing_national_stadiumचीनमा अवस्थित यो स्टेडियम सन् २००८ को समर ओलम्पिकको लागि तयार गरिएको थियो। सन् २००८ को ओलम्पिक पश्चात यो पर्यटकको ठुलो आकर्षण केन्द्र बन्दै आएको छ। यसमा प्रयोग भएको स्टिल प्राकृतिक देखियोस् भनेर कोशिश गरिएको थियो। त्यसैले यो एक चराको गुँड जस्तो देखिन्छ। यसको काम सन् २००३ मा सुरु गरेर सन् २००८ मा सकिएको थियो। यसको निर्माणमा करिब ४६ करोड डलर खर्च गरिएको थियो।

बिलोङ्ग एलिभेटर, चीन

the_bailong_elevator
बिलोङ्ग लिफ्ट विश्वकै सबैभन्दा अग्लो अनि गह्रौ बाहिरी लिफ्ट हो। चीनको झांगजियाजी इलाकाको एक विशाल चट्टानमा यो लिफ्ट बनाइएको छ। यसको उचाइ ३३० मिटर छ। लिफ्ट सिसाले बनेको हुदाँ बाहिर सजिलै देख्न सकिन्छ। तलबाट माथी पुग्न यो लिफ्टलाई केबल २ मिनेट लाग्छ। लिफ्टमा एक पटकमा ५० जना मानिससम्म बस्न सक्छन्। दैनिक करिब १८,००० मानिस यो लिफ्ट चढ्न त्यहाँ पुग्ने गरेका छन्। सन। १९९९ मा यसको निर्माण कार्य सुरु गरिएको थियो। सन् २००२ मा यो सर्वसाधरणको लागि खुल्ला गरिएको थियो। यसको निर्माणमा १८८ करोड रुपैया बराबरको खर्च लागेको बताइन्छ।

पाम आइल्याण्ड, दुबई

palm island dubaiयो दुबई स्थित मानव निर्मित टापु हो। यसको आकृति ताड (Palm) को जस्तो छ। यहाँ बस्नको लागि भवन अनि मनोरञ्जनको पनि व्यवस्था गरिएको छ। समुन्द्रमा बालुवा भरेर यो कृत्रिम आइल्याण्ड निर्माण गरिएको थियो। सन् २००१ मा बनाउन सुरु भएको यो आइल्याण्ड सन् २००९ मा निर्माण पुरा भएको थियो। सन् २००९ पछि मानिसहरु यो आइल्याण्डमा बसोबास पनि गर्न सुरु गरिसकेका छन्।

युरो टनेल, फ्रान्स

euro tunnel

इङ्ग्ल्याण्ड र फ्रान्सलाइ जोड्ने यो सुरुङ इन्जिनियरिङको जोडदार नमुना हो। यो सुरुङमा दुई वटा रेलको ट्र्याक छ। यसको निर्माणमा १५०० करोड रुपैया बराबरको पैसा खर्च गरिएको थियो। यो सुरुङको लम्बाइ ५१ किलोमिटर छ जसमा २३ किमोमिटर समुन्द्र भित्रबाट हुदै जान्छ।

थ्री जर्ज ड्याम, चीन

three gorge dam
चीनको शान्दोपिङ्ग मा याग्ट्ज नदीमा बनेको यो ड्यामबाट २२,५०० मेगावाट बिजुली निकालिन्छ। यो संसारकै सबैभन्दा ठुलो पावरस्टेशन हो। यसको निर्माण सन् १९९४ मा सुरु भएर सन् २००८ मा सकिएको थियो। २८५४ करोड रुपैया बराबरको खर्च लागेको थियो यो बनाउन।

पेन स्टार्स, हवाई

panaromic survery telescope
पेन स्टार्सको पुरा नाम – प्यानोरोमिक सर्भे टेलिस्कोप एण्ड र्यापिड रेस्पोन्स सिस्टम हो। यसलाई हवाई इन्स्टिच्युट अफ एस्ट्रोनोमीले बनाएको हो। एकै पटकमा आकाशको निकै ठुलो क्षेत्र देख्न सकिन्छ यो टेलिस्कोप बाट। आकाशमा कुनै उल्का वा धूमकेतु त छैन जुन पृथ्वीसंग ठिक्किदै छ, यो अध्ययन गर्ने काम यो टेलिस्कोपबाट गरिन्छ।यसको निर्माण खर्च करिब १० करोड डलर रेहेको थियो।

यो पनि पढ्नुहोस्।

विश्वका १० महंगा किताब, ३२० करोड मा बिकेको थियो एक किताब

विश्वका १० सुन्दर दृश्य भएका विमानस्थलहरू (तस्विर सहित)

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

विश्वका १० चतुर जनावर

विश्वका अनौठा र अचम्मलाग्दा १० रेस्टुरेण्टहरू

विश्वका सबैभन्दा सुन्दर १० आँखा

विश्वका ५ सुन्दरी ह्याकर