यो संसारमा यस्ता धेरै कुराहरू छन्, जुन अति नै सुन्दर छन् तर मानिसको दृष्टिमा पर्न पाएका छैनन्। कुनै कुनै ठाउँहरू यस्ता हुन्छन्, जसलाई अलि भिन्न दृष्टिले अनि भिन्न कोणबाट हेर्दा अति नै मनमोहक देखिन्छन्।

प्राइभेट जेटको लागि विश्वव्यापी बुकिङ्ग प्लाटफर्म भएको ‘प्राइभेट फ्लाई’ कम्पनीले हालैमा अति सुन्दर दृश्य देखिने विमानस्थलहरूको विश्वव्यापी सर्वेक्षण गरेका थिए। सन् २०१५ मा भएको यस सर्वेक्षणको नतिजा पनि निस्किसकेको छ।

यसै वर्षको मार्च र अप्रिल महिनामा उक्त ‘प्राइभेट फ्लाई बेस्ट एयरपोर्ट एप्रोचेज २०१५’ नामक सर्वेक्षणको सुरुवात भएको थियो र ३,००० भन्दा बढी व्यक्तिगत मतहरू सङ्कलन भएको थियो। यस सर्वेक्षणमा जम्मा १४७ वटा विमानस्थलहरू नामाङ्कन भएका थिए।

ती १४७ मध्ये निम्म १० विमानस्थलहरूले सबैभन्दा धेरै मत पाएका थिए-

१०. केप टाउन अन्तराष्ट्रिय विमानस्थल10. Cape Town International Airport

यस केप टाउन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गले दक्षिण अफ्रिकाको प्रचलित ‘टेबल माउन्टेन’को दृश्यलाई आफ्नो सुन्दरताको केन्द्र बनाएको छ। विमानस्थलबाट करीब २९ माइल (४४ किलोमिटर) दुरीमा पर्ने यो पहाडको दृश्यले गर्दा मतदाताहरूले यस विमानस्थललाई १०औँ श्रेणीमा पारेका छन्।

९. लण्डन सिटी विमानस्थल9. London City Airport

लण्डन सहरको मध्य भागबाट सबैभन्दा नजिक पर्ने यो विमानस्थलमा विमान ल्याण्ड गर्नेबेला जो जो झ्यालको सीटमा हुन्छन्, उसले यस विमानस्थलको सुन्दरताको झलक देख्न पाउनेछन्। पाइलटहरूको लागि लण्डन सिटी विमानस्थलले अवतरण गर्नु एक चुनौती जस्तै हुन्छ।

८. गिब्राल्टार विमानस्थल8. Gibraltar Airport

सहरको मध्यभागबाट ठ्याक्कै ५०० मिटरको दुरीमा उपस्थित यो गिब्राल्टार विमानस्थलको धावनमार्गमा यसै टापुको मूख्य सडकलाई पनि समेटेको छ। त्यहाका बासिन्दाहरूले हरेक चोटी विमान उड्दा र अवतरण गर्दा धावनमार्गको वल्लोपल्लो छेउमा कुर्नुपर्ने हुन्छ।

७. बिल्ली बिसप टोरन्टो सिटी विमानस्थल7. Billy Bishop Toronto City Airport

बिल्ली बिसप टोरन्टो सिटी विमानस्थल क्यानेडाको सहरमा भएको ओन्टारियो तालको बीचमा रहेको टापुमा पर्दछ। जमीनबाट हेर्दा यो टापु केवल यात्रुहरूको लागि मात्रै खुल्ला रहेको छ भने पानीमा चल्ने फेरिबाट मात्रै यो टापुमा आउन-जान मिल्दछ।

६. ह्वान्चो इ-आइरावस्क्वीन विमानस्थल6. Juancho E Irausquin Airport

नेदरल्याण्ड्सको साबा नगरपालिकामा पर्ने यो एक मात्र विमानस्थल हो। यहाँको विमानस्थलमा संसारकै सबैभन्दा छोटो धावनमार्ग (१,२९९ फिट लामो) रहेको छ। यो धावनमार्गको दुवै छेउतिर अग्लो भिर र समुन्द्र रहेको छ। यस्तो धावानमार्गले गर्दा यहाँ साना विमान र हेलिकप्टरहरू मात्रै जाने गर्दछन्।

५. सेन्ट मार्टेन विमानस्थल (प्रिन्सेस जुलियाना अन्तराष्ट्रिय)5. St. Maarten Airport

यो विमानस्थलमा कुनै विमान आउने बित्तिकै सबै मानिसहरू आफ्नो मोबाइल अथवा क्यामेरा लिएर तस्विर लिनको लागि तयार हुन्छन्। समुन्द्री किनारको छेउबाट केहि मिटर टाढा पर्ने यो विमानस्थललाई प्राइभेट फ्लाईले सूचीको पाँचौ स्थानमा राखेका छन्।

४. बार्रा विमानस्थल4. Barra Airport

स्कटल्याण्डमा पर्ने यो विमानस्थल संसारकै एकमात्र विमानस्थल हो जस्को धावनमार्ग समुन्द्री किनारा नै हो। कहिले काहिँ ठूलो छाल आउँदा विमानहरू पानीबाट उडान गर्नुपर्ने हुन्छ।

३. नाइस कोट अजुर विमानस्थल3. Nice Cote d'Azur Airport

फ्रान्समा पर्ने ‘नाइस’ सहरबाट ३.७ माइल दक्षिण-पश्चिमी भागमा यो विमानस्थल उपस्थित रहेको छ। कोट अजुर भागमा जाने यात्रुहरूको लागि यो मूख्य आगमन स्थल हो।

२. लास भेगस मेकक्यारन अन्तराष्ट्रिय विमानस्थल3. Nice Cote d'Azur Airport

जो जो विमानको झ्याल तर्फको सीटमा बस्नुभएको छ, मरुभूमीबाट सहर बिस्तारै उत्पती भएको देख्नुहुनेछ। अनि देख्नुहुनेछ, झलमलाउँदो लास भेगसको सहर!

१. क्वीनस्टाउन विमानस्थल1. Queenstown Airport

न्युजील्याण्डको दक्षिणी क्षेत्रमा पर्ने एक मात्र विमानस्थल क्वीनस्टाउन विमानस्थल हो। न्युजील्याण्डको जादुमय साना साना पहाडहरूको परिदृश्य, तालहरू र नदीहरूको बीचमा पर्ने यो विमानस्थल संसारकै अति सुन्दर दृश्य भएको विमानस्थलको सूचीमा पहिलो श्रेणीमा परेको छ।

यो पनि हेर्नुहोस्-
विमानस्थलमा पुरुषले कपडा खोले, अस्त ब्यस्त भयो वातावरण (तस्विर सहित)
विश्वका सुन्दर विमानस्थलहरु (फोटो सहित)