विश्वको सबैभन्दा ठुलो वायुयान आउँदो महिना परिक्षण उडानकोलागि तयार भएको छ। ‘फ्याइङ बम’ (पुठ्ठो आकारको वायुयान) नाम दिइएको यो विमान ९३ मिटर लामो छ।

flying bum largest aircraft airlander 24210213

अमेरिकी सेनाको एक हिस्सा रहेको यो प्रोजेक्टलाइ सेनाले सन् २०१२ मा छोडेको थियो। अहिले एक ब्रिटिस कम्पननिले यसको मोडलमा परिवर्तन गरेर व्यावसायिक उडानको लागि तयार गर्दैछ।

एयरल्याण्डर १० नाम दिइएको यो विमानमा पखेँटा जडान गरिसकिएको छ। सो पखेँटा मात्र ११ मिटर लामो र ९ मिटर चौडा छ।

यहि अक्टोबरमा परिक्षण गर्दा यो यानमा १.३ मिलियन क्युविक फिट हिलियम भरिएको थियो। यति हिलियमले ओलम्पिक-आकारका १५वटा पौडी पोखरी भर्न सकिन्छ।flying bum largest aircraft airlander 34650213

कार्यक्षमता भन्दा पनि यसको डिजाइनले मानिसहरुको ध्यान खिचेको छ। हेर्दा मानिसको पुठ्ठो झैँ देखिने यसको आकार निकै अनौठो देखिन्छ।

इन्जिन फिट गरिसकेपछि आउँदो महिना हुने यसको परिक्षणमा यो ११२ किलोमिटर टाढासम्म मात्र उडाइने छ। परिक्षण सफल भए यसको व्यावसायिक उत्पादन सुरु गरिने बताइएको छ।flying bum largest aircraft airlander 44952013

एयरल्याण्ड एयरबस ए३८० भन्दा पनि ठुलो छ। यसमा भरिने हिलियमको कारण ६० प्रतिशत उडान त यसै सम्भव छ। यसको आकारले ४० प्रतिशत अझै उड्न सहयोग गर्छ। साथै इन्जिनको शक्तिले २५ प्रतिशत थप थ्रस्ट पैदा गराउँछ। जमिन, पानी, वरफ वा मरुभुमि यो जतापनि सफल अवतरण गर्न सक्दछ।

दुई हप्तासम्म लगातार हावामै रहन सक्दछ भने १४४ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्दछ। साथै १० टन तौल बोकेर ६,१०० मिटर उचाइसम्म जान सक्दछ।

यो भन्दा अघिको ठुलो वायुयान हिन्डेनवर्ग र एयरल्याण्डको तुलना

 flying bum largest aircraft airlander 55320313

एयरल्याण्डर हिन्डेनवर्ग
लम्बाइ ३०२ फिट ८०४ फिट
ग्याँसको आयतन  १.३ मिलियन क्युविक फिट ७ मिलियन क्युविक फिट
प्रयोग भएको ग्याँस हिलियम हाइड्रोजन
गति १४४ किमि प्रतिघण्टा १२२ किमि प्रतिघण्टा
अधिकतम उचाइ  २०,००० फिटसम्म ६५० फिटसम्म
यात्रु क्षमता ४८  ७२

यो पनि पढ्नुस्।

कस्ता होलान् भविष्यका विमान