१० पुस, एजेन्सी ।

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन र सहयोग गरेको आरोप लागेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच नयाँ चरणको टकराव पैदा हुने संकेत देखिएको छ ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले परमाणु हतियार विस्तारमा जोड दिएपछि यी परमाणु हतियार सम्पन्न २ देशबीच नयाँ चरणको टकराव शुरु हुने संकेत देखिएको हो ।

putin-vs-trump

गत विहिबार मात्र ट्रम्पले परमाणु हतियार प्रसारको विषयमा नयाँ बहस छेडेका छन्। ट्वीटरमा उनले लेखेका छन् कि अमेरिकाले आफ्नो परमाणु क्षमतामा जोड दिनु पर्छ । उनले अमेरिकाले त्यतिबेला सम्म यस्तो अभियान जारी राख्नु पर्ने बताएका छन् जव सम्म बाँकी विश्वको दिमाग ठिक ठाउँमा आउँदैन ।

खासमा उनले यो अभिब्यक्ति एक टेलिभिजन शोमा दिएका थिए । उक्त टेलिभिजनले आफ्नो भनाइको केही भाग छुटाएको भन्दै पछि ट्वीट गरेका हुन् ।

 

यस्तो अभिब्यक्ति दिँदा उनले देशको नाम नतोकेपनि अमेरिकाको प्रमुख परमाणु हतियार प्रतिस्पर्धी रुस हो । चीन र रुसलाई लक्षित गरेर ट्रम्पले यस्तो लेखेको अनुमान गरिएको छ ।

रुसी मिडिया लेख्छ- नेपालमा चीन चुप लाग्ने वाला छैन

विहीबार नै पुटिनले पनि भनेका थिए कि आगामी वर्ष रुसको परमाणु क्षमता विस्तार गरिनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि पुटिनले अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तार गर्ने कुरा सामान्य भएको प्रतिक्रिया दिए । पुटिनले भने कि ट्रम्पले त्यही बोलेका छन् जुन् उनले आफ्नो चुनावी अभियानमा भन्दै आएका थिए ।

यी २ नेताको अभिब्यक्तिले अव विश्वमा नयाँ चरणको आणविक हतियारको होड शुरु हुने खतरा देखिएको विश्लेषकहरुले बताएका छन् ।

रुसको नयाँ हतियारः पुरै बेलायत-फ्रान्स र आधा अमेरिका ध्वस्त पार्न सक्छ

गत १५ डिसेम्बरमा पुटिनले ट्रम्पलाई एक पत्र लेख्दै अन्तराष्ट्रिय र क्षेत्रीय चुनौतीलाई मध्यनजर गर्दै अहिलेको अवस्ठामा स्थायित्व र सुरक्षा सुनिश्चित गर्नका लागि अमेरिका र रुसबीच आपसी सम्बन्ध निक्कै महत्वपूर्ण पक्ष हो । ट्रम्पले उक्त पत्रमाथि प्रतिक्रिया दिँदै यो सोच सही भएको बताएका थिए । ट्रम्पले रुससँग सम्बन्ध सुमधुर गराएर अघी बढ्ने घोषणा पटक पटक गरिसकेका छन् ।

रुससँग रहेको यो हतियारः जुनसुकै शहर १ मिनेटमा खरानी हुन्छ

तर पछिल्ला अभिब्यक्तिले भने विश्व पुनः शितयुद्धकालीन अवस्थामा फर्किने संकेत देखिएको विश्लेषकहरुले बताएका छन् ।