२५ कात्तिक, काठमाडौं । बरिष्ठ पत्रकार भैरव रिसाल अहिले रिटायर्ड लाइफ बिताइरहेका छन् । लामो समय पत्रकारिता र अन्य सामाजिक काममा सक्रिय रिसाल अहिले ९२ वर्ष पुगे । उमेरले पनि अन्य काम गर्न नहुने भएपछि उनी आजकल केकी सभा–समारोहमा भाग लिनेबाहेक अन्यसमय घरमै हुन्छन् ।

नेपाल र भारतबीच लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा विवाद बढेपनि उनी पछिल्लो केही समयदेखि मिडियामा सक्रिय छन् । बिसं. २०१८ सालमा भएको जनगणनामा सुदूरपश्चिमको दार्चुला जिल्दाको जनगणना गर्ने टोलीको जिम्मेवारी बरिष्ठ पत्रकार भैरव रिसालले नै गरेका थिए । टोलीको प्रमुख व्यक्तिकोे जिम्मेवारी सम्हालेका उनी मिडियामा आइरहँदा उनले जीवनमा अकेक किस्साहरुलाई पनि सम्झीएका छन् ।

एपिवान टेलिभिजनको एक अन्तर्वार्तामा उनले जनयुद्धपछि नेपालमा भित्रिएका तीन कुराहरुको बारेमा बताएका छन् । टेलिभिजनले सार्वजनिक गरेको प्रोमोमा रिसालले भनेका छन्, ‘विश्वयुद्धमा जानेहरुले तीनवटा कुरा गाउँमा फिँजाए, पहिलो कुरा तास, दोश्रो कुरा रक्सी र तेश्रो कुरा जाहेरी (अर्काकी श्रीमती ल्याउने) ।’ त्यसअघिका मानिसहरु बाघचाल खेल्ने, भजन गाउने गरेको भएता पनि त्यसपछि तास खेल्ने प्रचलन बढेकाे रिसाल बताउँछन् । कार्यक्रमको पूरा भाग सोमबार राति ९ बजे प्रसारण हुनेछ ।