२५ साउन, राजविराज । सप्तरीको पिप्रा गाविसमा गएराति एक वृद्धले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।

पिप्रा गाविस–७ बस्ने ६० वर्षीय बौकाइ रामले पत्नीसँगको झगडापछि विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विषादी सेवनपछि उपचारार्थ अञ्चल अस्पताल राजविराज भर्ना गरिएका रामको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।