५ असोज, विरगञ्ज ।

प्रदेश २ को एक मात्र महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अजय कुमार द्विवेदीले २६०४ मत ल्याएका छन भने राजपाका राजेशमान सिंह मत २५५८ रहेको छ । तेस्रो स्थानमा भने संघिय समाजवादी फोरमका विजय कुमार सरावगीले १७५० मत ल्याएर स्थान सुरक्षित गरेका छन ।

त्यस्तै, उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसकी शान्ति कार्कीले २९८० मतका साथमा अग्रस्थानमा छन । उनका निकट्तम प्रतिद्वन्दी राजपाकी रम्भा मिश्रले २३४८ मत पाएकी छन ।

तेस्रो स्थानमा भने संघिय समाजवादी फोरमकी पिंकीदेवी यादवले १७१४ मत पाएकी छन ।

माओवादीका उम्मेद्वार भने चौथो स्थानमा रहेका छन ।