२४ कात्तिक, वीरगञ्ज । भारतले गरेको सीमा अतिक्रमणको विरोधमा पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।

नेपाल बचाउ अभियानमा समेटिएका युवाहरुले ‘गो ब्याक इण्डिया ‘भन्दै भारतीय महावाणिज्य दुतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा घण्टाघर चोकमा जम्मा भएका युवा ‘गद्दार छिमेकी चाहिदैन, सीमा मिच्न पाइदैन भन्दै भारतीय महाबाणिज्य दूतावासको गेट सम्म पुगेका थिए ।

उनीहरुले महावाणिज्य दुतावास अगाडि नै कोणसभा पनि गरेका थिए । विरोध कार्यक्रममा नेपाल बचाउ अभियान र नेकपा निकट अनेरास्ववियु सम्वद्ध युवा विद्यार्थीको सहभागिता रहेको थियो ।