२८ भदौ, काठमाडौं । प्रहरीको गोली प्रहारबाट घाइते गुण्डागर्दीमा सक्रिय साजन गुरुङलाई उपचारको लागि महाराजगंजस्थित शिक्षण (टिचिङ) अस्पताल लागिएको छ ।घाइते गुरुङलाई वीर अस्पतालको ट्रमा सेन्टरबाट थप उपचारको लागि शनिबार टिचिङ लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौं जरंखु बस्ने धादिङ नेत्रावती गाउँपालिका २ का ३१ वर्षीय गुरुङलाई प्रहरीले शुक्रबार तार्केश्वर नगरपालिका ४ फूलबारीमा गोली प्रहार गरेको हो । गुरुङ विभिन्न अपराधमा संलग्न थिए । प्रहरीले उनको खोजी गरिहेको थियो ।

प्रहरीले खोज्ने क्रममा उनलाई फूलबारीमा भेटेको हो । पक्राउ गर्न खोज्दा उनले पेस्तोल ताकेपछि प्रतिरक्षाको लागि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । उनको दुवै खुट्टाको घुडामुनि गोली लागेको छ । प्रहरीले उनको साथबाट १ थान पेस्तोल र २ राउण्ड गोली समेत बरामद गरेको उल्लेख गरेको छ ।