१८ चैत, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालका निर्देशक केदार प्रसाद सेन्चुरीले जानकारी दिए ।

bir-hospital emer

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । उनमा उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या पनि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए ।

ज्वरो र स्वास प्रस्वासमा समस्या जस्ता लक्षण देखिएकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि कोरोनाको आशंका गरिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।