काठमाडौं, २९ जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतमा राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।

स्वीट्जरल्याण्डबाट बेलायत पुगेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मे र राजकुमार ह्यारीसँग छुट्टाछुट्टै भेट गरे । त्यसका अलावा एक दिनमै उनले आधा दर्जन बढी कार्यक्रममा व्यस्त रहे । उनी बुधबार भूमिगत रेल चढेर लण्डनबाट फ्रान्सको राजधानी पेरिस जाँदैछन् । (फोटो फिचर)