१७ चैत, एजेन्सी । वेलायती अनुसन्धानकर्ताले श्वासप्रश्वासका लागि सहयोग हुने मेशिन तयार पारेका छन् । यो कोरोना भाइरसका बिरामीलाई श्वासप्रश्वास सहज बनाउन सहयोग पुग्ने सिएनएनले जनाएको छ ।

सामान्यतयाः यो मेशिन स्लिप एप्नियाका विरामीलाई प्रयोग गर्नका लागि बनाइएको हो । तर समस्या उस्तै भएकाले समाधानमा सहयोग पुग्ने अनुसन्धानकर्ताको निश्कर्ष छ । कोरोना भाइरसले मानिसको फोक्सोमा आक्रमण गरी श्वास नली अवरुद्ध गर्ने भएकाले विरामीलाई सास फेर्न निकै गाह्रो हुने गर्दछ । यो मेशिनले कोरोनाका विरामीलाई धेरै हदसम्म सहजता प्रदान गर्ने अनुसन्धानकर्ताको अपेक्षा छ ।

लण्डन युनिभर्सिटी कलेज लण्डनका अनुसार यसको डिजाइनका लागि दुई हप्ता लागेको र यो बेलायतको राष्ट्रिय स्वास्थय सेवा (एनएचएस)बाट अनुमोदन भइसकेको समाचारमा उल्लेख छ ।