२९ साउन, काठमाडौं । पत्रकार शालिकाराम पुडासैनीको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तरङ्ग पैदा भएको छ । भिडियोमा पुडासैनीले आफ्नो मृत्युको जिम्मेवार रबि लामिछाने, अस्मिता कार्की र युवराज कडेँल भएको बताएका छन् ।

पत्रकार पुडासैनीको यस्तो भिडियो सार्वजनिक भएसँगै सञ्चारकर्मी रबि लामिछानले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सञ्चारकर्मी लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई ठूलो भ्रम भएको बताएका छन् । उनले भनेका छन, ‘मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस् ।’ रबिको ट्वीट जस्ताको तस्तैः