५ भदौ, काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणको बारेमा जताततै चर्चा भइरहँदा सामाजिक सञ्जालमा रबि लामिछाने पक्ष र विपक्षमा तर्क दिइरहेका छन् । रबि लामिछाने पक्राउ परेपछि शुरु भएको यो सिलसिला अझै पनि जारी नै छ । उनीहरुको पक्ष र विपक्षमा सर्वसाधारणदेखि संसदसम्म कुरा पुगिसक्यो । शालिकाराम आत्महत्याको चर्चा चलिरहँदा हास्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

एक स्टाटस लेख्दै उनले निक्ष्पक्ष छानबिनको माग गरेका छन् । रबि लामिछाने पक्राउ परेकोप्रति दुःख व्यक्त गर्दै धुर्मुसले सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै भएको बताए । साथै उनले शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुने विश्वास व्यक्त गरेका छन् । पढौं उनको स्टाटस जस्ताको तस्तैः

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रबि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो । समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, सालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ । साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।