५ भदौ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकणरलाई निश्पक्ष छानवीन हुन दिन अपिल गरेकी छिन् ।

विहीबार प्रेस वक्तव्य जारी गर्दै उनले यो प्रकरणमा सरोकार र सम्बन्ध नै नभएका उच्च राजनीतिक नेतृत्वदेखि आफ्नोसमेत मानहानी हुने काम भएको भन्दै भत्सर्ना समेत गरेकी छिन् । उनले सम्बिन्धत सरोकारवाला निकायले आफ्नो काम गरिरहेको भन्दै निश्पक्ष, सत्यतथ्य छानवीन गरी ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायीक निरुपणका लागि सहयाेग गर्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले सडक र सामाजिक संजालमा देखिएको अस्वभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न पनि अपिल गरेकी छिन् ।