१५ पुस, एजेन्सी । सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिजपछि कुनैपनि फिल्ममा नदेखिएका शाहरुख खानलाई उनकै फ्यानको डरलाग्दो चेतावनी आएको छ । ट्वीटरमा उनका एक फ्यानले नयाँ फिल्मको घोषणा नगरे आत्महत्या गर्ने धम्कीसहितको चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० को जनवरी १ तारिखसम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’

यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’

ट्वीटरमा शाहरुखका फ्यानहरुले विभिन्न ट्रोलहरुको प्रयोग गर्दै उनलाई फिल्मको घोषणा गर्न दबाब दिएका छन् । फ्यानको यो चेतावनीसँगै अब शाहरुखले के गर्छन् त्यो हेर्न बाँकी छ ।