२८ फागुन, एजेन्सी ।

बलिउड अभिनेता शाहरुख खानले दोस्रो पटक काँधको सर्जरी गरेका छन् । शाहरुखले बायाँ काँधको सर्जरी गरेको ट्विटरमार्फत् आफ्ना फ्यानलाई जानकारी दिएका थिए ।

ट्विटरमा ‘नट मी’ लेखिएको दायाँ हातको तस्विर पोष्ट गर्दै शाहरुखले लेखेका छन्, ‘मेरो देब्रे काँधमा सर्जरी गरिएको छ र चिकित्सकले दायाँ हातमा ‘नोट मी’ लेखिदिएका छन्, ताकि कुनै भ्रम नहोस् ।’

एउटै काँधमा शाहरुखको यो दोस्रो सर्जरी हो । यसअघि शाहरुखले २०१३ मा ‘चेन्नाई एक्सप्रेस’को सुटिङका क्रममा पहिलो सर्जरी गरेका थिए । त्यसपछि ‘रा.वन’ फिल्मको सुटिङका क्रममा पनि घाइते भएका थिए ।