२८ साउन, एजेन्सी । उसो त सलमान खान र शाहरुख खान सबैभन्दा बढी खोजिने नाम हो । तर, यहाँ एउटा विषयमा भने सलमान र शाहरुख खानलाई बलिउड नायिका तथा पूर्व पोर्नस्टार सन्नी लियोनले पछि पारेकी छन् ।

गुगल सर्चको घटनामा सन्नी लियोन सबैभन्दा अगाडि देखिएकी छन् । कुनैसमय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा खोजिनेहरुको पहिलो नम्बरमा थिए । भारतमा गुगल सर्चमा यो वर्ष अगस्टको पहिलो सातासम्म सबैभन्दा बढी खोजिनेको सूचीमा सुपरस्टार सलमान खान र शाहरुख खानलाई पछि पार्दै अभिनेत्री सन्नी लियोन शीर्ष स्थानमा छिन् ।

गुगल ट्रेड्स एनालिटिक्सका अनुसार सनीसँग जोडिएका भिडियो सामग्री सबैभन्दा बढी भेटिएको छ । यसको अलावा उनको बायोपिक श्रृंखला ‘करणजीत कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’लाई मानिसहरुले धेरै खोजेका छन् । शीर्ष स्थानमा आएसँगै सन्नीले प्रतिक्रिया दिँदै भनेकी छन्, ‘मेरो टीमले भर्खरै मलाई यो कुराको जानकारी दिए र म यसको जस आफ्नो फ्यानहरुलाई दिन चाहन्छु ।’

२०१८ मा गुगलमा सबैभन्दा बढी खोजिनेहरुको सूचीमा प्रिया प्रकाश वारियार पहिलो नम्बरमा थिइन् । उनी आँखा झिम्क्याएको भिडियोबाट भाइरल बनेकी थिइन् भने २०१८ मा ट्रेन्डिङमा थिइन् । यसको अलावा दोश्रो नम्बरमा प्रियंका चोपडाको पति निक जोनस र तेश्रो स्थानमा हरियाणाकी गायिका सपना चौधरी थिइन् ।