चलचित्र कबिर सिंहको शान्दार सफलतापछि बलिउड नायक शाहिद कपुरले आफ्नो पारिश्रमिका भारी वृद्धि गर्न लागेको चर्चा छ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार शाहिदले एउटै चलचित्रबाट ३५ करोड भारु पारिश्रमिक माग्ने मन बनाएका छन्।
उनको पछिल्लो चलचित्र कबिर सिंहले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। चलचित्रले हालसम्म २५० करोड भारुको कारोबार गरिसकेको छ । चलचित्रले ३ सय करोड भारु क्लवमा आफूलाई पुर्याउन सक्ने संभावना पनि देखिएका छन्।
हालसम्म उनले एउटा चलचित्रको लागि १० देखि १५ करोड भारु सम्म पारिश्रमिक लिने गरेका थिए।
शहिदको करियरकै सफल चलचित्र
फिल्म कबिर सिंह शाहिद कपुरले करियरकै सबै भन्दा सफल चलचित्र बनेको छ। यो उनको करियरको पहिलो सोलो हिट चलचित्र हो। चलचित्रको सफलतापछि शाहिदले सोसियल मिडियाबाट प्रशंसकहरुलाई आभार व्यक्त गरेका छन्।