काठमाडौँ, ८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा सुधार आएको छ ।

ललितपुरस्थित पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचाररत रहेका उनको स्वास्थ्यमा सुधार भइरहेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । पेट दुख्ने समस्या भएपछि मन्त्री पोखरेल बिहीबार अस्पताल भर्ना भएका थिए ।

फाईल फाेटाे ।

उनको उपचारमा प्रतिष्ठानका रजिष्ट्रार डा पीताम्बर अधिकारीको समूह संलग्न रहेको छ । शुरुमा मध्यबानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएपछि पुनः स्वास्थ्यमा समस्या अएपछि उनी पाटन अस्पताल भर्ना भएका हुन् । अहिले उनको सामान्य श्ययामा राखी उपचार भइरहेको छ ।
रासस