२५ पुस, काठमाडौं । साताको छैटौँ दिन सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँ प्रतितोला घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ७४ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार ८ सय ८५ रुपैयाँ भएको छ ।

बुधबार अहिलेसम्मै उच्च रहेको सुनचाँदीको मूल्य बिहीबार घटेको थियो भने शुक्रबार पनि घटेको थियो । बिहीबार छापावाल सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७५ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य ९ सय रुपैयाँ तोला रहेको थियो ।