२७ भदौ, काठमाडौं । बलिउड नायिका सन्नी लियोनी अहिले काठमाडौंमा छिन् । आफूले अभिनय गरेको आइटम गीत समावेश चलचित्र ‘पासवर्ड’को प्रिमियरको लागि सन्नी बिहीबार अपरान्ह काठमाडौं आएकी हुन् ।

बिहीबार साँझ राजधानीको कुमारी हलमा देखाइएको प्रिमियरमा सहभागी बनेकी थिइन् । उनले त्यहाँको औपचारिक कार्यक्रममा सहभागी भएपनि मिडियासँग साक्षात्कार गरिनन् ।

हायात होटलमा बसेकी सन्नी शुक्रबार बिहानै राजधानीको बौद्ध पुगेकी छन् । शुक्रबार बिहान बौद्ध पुगेकी उनले त्यहाँको एक तस्बिर राख्दै ट्वीट गरेकी छन् । बौद्धको प्रार्थनामा सहभागी भएर ताली र ड्रमहरुको आवाज सुन्न पाउँदा सन्नीले आफूलाई भाग्यमानी महसुस गरेको बताएकी छन् । साथै उनले बौद्धमा आफ्ना परिवारको लागि पनि प्रार्थना गरेको बताएकी छन् । पढौं उनको ट्वीटः