२१ मंसिर, काठमाडौं । दोश्रो संस्करणको द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज हुँदैछ । हिमालाय टेलिभिजनको पर्दामा राति ८ बजेबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम राजधानीको चावहिलस्थित चुच्चेपाटीकको हायात ग्राउण्डमा हुँदैछ ।

ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धी प्रतिस्पर्धीसँगै उत्कृष्ठ १२ जना प्रतिस्पर्धीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । यसका साथै ग्राण्ड फिनालेमा अघिल्लो संस्करणको द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले पनि आफ्नो प्रस्तुती दिनेछन् । गत शुक्रबार शो ले फाइनलिस्ट पाएको थियो । पूर्णतया भोटिङको आधारमा भएको निर्णयमा चारजना फाइनलमा पुगेका थिए । ४ वटा टीमबाट ४ जना फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुग्नेहरुमा टीम प्रमोदबाट राम लिम्बु, टीम आस्थाबाट सनिश श्रेष्ठ, टीम दीपबाट बिकास लिम्बु र टीम राजुबाट आरिफ रौफ रहेका छन् । गत शुक्रबार भएको लाइभ कार्यक्रममा उनीहरुमध्ये को फाइनलमा जाने भन्ने निर्णय सुनाइएको थियो ।

प्रमोद खरेलको टीममा मेचु धिमाललाई पछि पार्दै राम लिम्बु ग्राण्ड फिनालेमा पुगेका हुन् भने आस्था राउतको टीमबाट यांकी याल्मोलाई पछि पार्दै आरिफ रौफ अघिल्लो राउण्डमा छानिएकी हुन् । त्यसैगरी राजु लामाको टीमबाट सनिश श्रेष्ठ र दीपा शर्मा प्रतिस्पर्धामा थिए भने दीप श्रेष्ठको टीममा बिकास लिम्बु र सञ्जय महत र्‍याकुल रहेका थिए । उनीहरुमध्येबाट हरेक टीमको कम भोट आएको आधारमा प्रतिस्पर्धीहरु बाहिरिएका हुन् ।

पहिलो सिजनको ‘द भ्वाइस अफ नेपाल’को फाइनल कतारको राजधानी दोहामा गरिएको भएता पनि यो वर्षको फाइनल भने राजधानीमै हुने भएको छ । करिब ३ घण्टा चल्ने फिनालेमा देशका दिग्गज कलाकारहरुको सहभागी हुँदैछन् । खेल हेर्नको लागि सिल्भर, गोल्डेन र प्लाटिनम गरी तीनथरी टिकटको व्यवस्था गरिएको छ ।