काठमाडौं, ३ बैशाख । नयाँ वर्षको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक २३ दशमलब ३३ अंकले बढेर १२ सय १२ दशमलब ०५ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २ दशमलब १५ प्रतिशत अर्थात ५ दशमलब ४८ अंकले बढेर २ सय ६० दशमलब २४ अंकमा पुगेको छ । सबै उपसमूह आज हरियो भएको छ । मंगलबार २४ लाख ११ हजार ६ सय ५० कित्ता शेयर ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा बढी शेयर एनएमबी बैंकको खरिदविक्री भएको छ । मंगलबार श्री इन्भेस्टमेण्ट फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ६ दशमलब ६७ प्रतिशतले कमाएका छन् । युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै ३ प्रतिशत गुमाएका छन् ।

नयाँ वर्षको पहिलो कारोबार दिन सोमबार ४ अंकले बढेको शेयर बजारले लय समात्न खोजेको देखिन्छ । तर बुधबारको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्ने होडबाजी नगरे बजार निरन्तर बढ्ने देखिन्छ ।