काठमाडौं २५ चैत । साताको पहिलो दिन दोहोरो अंकले बढेको शेयर बजार सोमबार दोस्रो दिन पनि हरियाली भएको छ ।

सोमबार नेप्से परिसूचक ९ दशमलब ३२ अंकले बढेर ११ सय ९१ दमलब ६८ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ दशमलब ०२ अकले बढेको छ ।

निकै उतारचढाव देखिएको सोमबारको बजारमा २९ लाख ५१ हजार ४ सय ७८ कित्ता शेयर ९० करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार होटल र अन्य उपसमूहबाहेक सबै परिसुचक हरियो भएका छन् ।

साेमबार सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर विक्री भएको छ । समिट माइक्रो फाइनान्स विकास बैंकका शेयरधनीले ९ दशमलब ८४ प्रतिशतले कमाएका छन् भने राधि विद्युत कम्पनी लिमिटेडका शेयरधनीले साढे ४ प्रतिशतले गुमाएका छन् ।