काठमाडौं, ११ बैशाख । शेयर बजार बुधबार पनि दोहोरो अंकले वृद्धि भएको छ भने कारोबार रकम पनि बढेको छ ।

बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक १९ दशमलव १४ अंकले बृद्धि हुँदै १२ सय ७९ दशमलव २९ बिन्दुमा पुगेको छ । बजार समग्र रुपमा १ दशमलव ५२ अंकले बृद्धि भएको हो । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४ दशमलव ८ अंकले बढेर २ सय ७६ दशमलव ९४ बिन्दुमा पुगेको छ ।

कारोबार रकम १ अर्ब नजिक पुगेको छ । १ सय ७२ कम्पनकिा ३४ लाख ८ हजार ३ सय ७४ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३० लाख ४ हजारको कारोवार भएको छ । कारोवारमा सुचिकृत १० मध्ये ८ वटा समूहको सूचक हरिया भएका छन् ।

बैंकिङ्ग २७, होटल ६०, विकास वैंक, फाईनान्स, निर्जीवन विमा, माईक्रोफाइनान्स ६, जीवन विमा ११ तथा अन्य समूहको सूचक ६ अंकले बढेको छ । जलविद्युत १० र उत्पादनमूलक समूहको सूचक २ अंकले घटेका छन् ।