एजेन्सी । तपाइलाई श्रीमतीले कति माया गर्छिन् भनेर कसरी परीक्षण गर्नुहुन्छ ? छिमेकी देश चीनमा भने एक युवकले यस्तो पागलपन देखाएका छन् कि श्रीमतीले आफूलाई गर्ने माया परीक्षण गर्दा झण्डै ज्यान गुमाए ।

झेजियागं प्रान्तको लिशुईका एक युवकले आफ्नी श्रीमतीले साँचो माया गर्छिन् कि गर्दिनन् भन्ने जान्नलाई राति व्यस्त सडकको विचमा गएर उभिए । धेरै गाडी उसलाई छलाएर आफ्नो गन्तब्यमा लागे । तर एउटा भ्यानले ति युवकलाई ठक्कर दियो । दुर्घटना भएपछि सँगै रहेकी पत्नी र प्रहरी अधिकारीले उनलाई अस्पताल पुर्याए ।

उनको टाउको र छातीमा चोट लागेको छ र अहिले खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफ्नो पत्नीको माया जाँच गर्न आफूले यस्तो हर्कत गरेको र यसमा आफूलाई पछुतो लागेको बताएको आजतकले उल्लेख गरेको छ । पत्नीले आफूलाई दुर्घटना भएपछि मात्रै उठाएको बताएपनि ट्राफिक प्रहरीले क्याप्चर गरेको सिसिटिभी फुटेजमा उनकी पत्नीले उनलाई विच सडकमा दुर्घटना हुनुअघि देखि नै तानेर लैजान खोजेको दृश्य देखिएको छ ।